भानु माविमा स्टिचिङ फ्यूचर कार्यक्रम अन्तर्गत बालबालिकालाई पोशाक वितरण

शनिबार, २४ जेठ २०८२

धनकुटा : किवानिस क्लब अफ तरहराको आयोजनामा सञ्चालित “स्टिचिङ फ्यूचर” कार्यक्रमअन्तर्गत भानु माध्यमिक विद्यालय, डाँडाबजार, धनकुटामा पूर्व–प्राथमिक तहका बालबालिकाहरूलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि किवानिस इन्टरनेशनल डिष्ट्रिक्ट १ का लेफ्टिनेन्ट गभर्नर श्री विकास बजगाईं थिए भने कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष श्री गोविन्द घिमिरेले गरेका थिए ।

दुई दर्जनभन्दा नजिक विद्यार्थीहरूलाई पोशाक, झोला, जुत्ता, मोजा, पेन्सिल, इरेजर, रंग सेट र कापी वितरण गरिएको हो। सामग्रीहरूको अनुमानित लागत करिब ७० हजार रुपैयाँ बराबर रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक किवानिस क्लब अफ तरहराका सदस्य श्री सुरज तामाङ थिए। कार्यक्रममा ३०० भन्दा बढी विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने श्री कृष्णबहादुर वलोनेलाई विशेष धन्यवाद दिइएको छ भने प्रायोजनको जिम्मेवारी वहन गर्ने श्री धनञ्जय प्रसाद आचार्यप्रति क्लबले आभार प्रकट गरेको छ।

बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने क्लबले प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार