काठमाडौँ । इन्लाइटन इन्टरनेसनल एजुकेशनले जापानमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित ‘स्टडी इन जापान बुटक्याम्प ७.०’ शुक्रबार काठमाडौँको बागबजारस्थित इन्लाइटन परिसरमा सम्पन्न भएको छ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालित यो बुटक्याम्पमा करिब ३०० विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए ।
यो बुटक्याम्प प्लस टु, ब्याचलर र मास्टर्स उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। कार्यक्रमले जापानी भाषा परीक्षाहरू एनएटी, जेपीटी, जेएलसीटी र जे –सर्टको तयारी, जापानी विश्वविद्यालयहरूमा भर्ना प्रक्रिया, स्किल भिसा र स्कलरशिपका अवसरहरूबारे विस्तृत जानकारी प्रदान गरेको थियो ।
इन्लाइटनका अध्यक्ष दिपक भुसालले बुटक्याम्पले विद्यार्थीहरूलाई जापानी भाषा अध्ययन, परीक्षा र नेपालमा उपलब्ध टेस्टहरूबारे मार्गदर्शन गरेको बताए। उनले भने, “यो कार्यक्रमले जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई स्पष्ट दिशानिर्देश, स्कलरशिप, छुट र आकर्षक उपहारहरू प्रदान गरेको छ।” सहभागी विद्यार्थीहरूले जापानी विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गरी परीक्षा र भर्ना प्रक्रियाका लागि उपयोगी रणनीतिहरू प्राप्त गरे। साथै, सिनेमा टिकट र गिफ्ट ह्याम्पर जस्ता उपहारहरूले कार्यक्रममा थप आकर्षण थप्यो।
इन्लाइटनकी डाइरेक्टर सिता भट्टराईले जापानका शैक्षिक अवसर र भाषा परीक्षाको तयारीमा बुटक्याम्पको महत्वमाथि जोड दिइन्। जे –सर्ट नेपालका सुपरभाइजर पवन शाहीले यो कार्यक्रमले विद्यार्थीहरूलाई जापानको शैक्षिक सम्भावनाबारे प्रेरित गरेको बताए। त्यस्तै, जेएलसीटी प्रतिनिधि अनिस सापकोटाले बुटक्याम्पले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्यका अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे। विकल्प अधिकारीले जापानको उच्च शिक्षा र स्वास्थ्य क्षेत्रका अवसरहरूबारे जानकारी प्रदान गर्ने यस्ता कार्यक्रमको आवश्यकता औँल्याए।
साढे एक दशकदेखि शैक्षिक परामर्श प्रदान गर्दै आएको इन्लाइटनले आइइएलटिएस, पिटीई, डुलिङ्गो, जापानीज भाषाको तयारी कक्षाहरूमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। भिसा प्रक्रिया सहजीकरण, विश्वसनीय परामर्श र विद्यार्थीमैत्री वातावरणका कारण इन्लाइटन विद्यार्थी र अभिभावकमाझ लोकप्रिय छ।
प्रतिक्रिया