इस्तानबुल । टर्की अहिले घट्दो जनसंख्याको संकटमा छ। महिलाहरूले कम सन्तान जन्माउन थालेपछि राष्ट्रपति रेसेप तैयप एर्दोगानले यसलाई ‘युद्धभन्दा ठूलो खतरा’ भन्दै कम्तीमा तीन सन्तान जन्माउन अपिल गरेका छन्।
सरकारले सन् २०२५ लाई ‘परिवारको वर्ष’ घोषणा गर्दै सन्तान जन्माउनेलाई प्रोत्साहन दिन आर्थिक सहुलियतको योजना अघि सारेको छ। तर गहिरो आर्थिक संकट, बेरोजगारी र बढ्दो मुद्रास्फीतिका कारण यी योजना प्रभावकारी नहुन सक्ने विश्लेषण गरिएको छ।
सन् २००१ मा प्रति महिला २.३८ रहेको जन्मदर सन् २०२५ मा घटेर १.४८ पुगेको छ। एर्दोगानले यसको दोष महिला र तेस्रोलिंगी समुदायलाई दिएको भन्दै नारीवादीहरू आलोचनामा उत्रिएका छन्। उनीहरूका अनुसार अस्थिरता, महँगी र शिक्षाको बढ्दो लागतले मानिसहरू सन्तान जन्माउन हिच्किचाइरहेका छन्।
प्रतिक्रिया