काठमाडौँ : गायक पशुपति शर्मा कार दुर्घटनामा घाइते भएका छन्।
बुधबार दिउँसो उनी सवार कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटनामा परेको हो।
पोखराबाट वालिङ जाने क्रममा पशुपति शर्मा चढेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार कारमा शर्मासहित चार जना थिए। दुर्घटनामा कारमा सामान्य क्षति भएको पनि प्रहरीले जानकारी दिएको छ।
गायक शर्मा सांगीतिक कार्यक्रमका लागि स्याङ्जा जाँदै थिए।
दुर्घटनामा उनको देब्रे हातको एउटा औला भाँचिएको प्रहरीले जानकारी दिएको छ।
गायक पशुपति शर्मा कार दुर्घटनामा घाइते भएका छन्।

प्रतिक्रिया