भोजपुरमा वर्षाले बाला लाग्ने लागेको धानबालीमा क्षति

सोमबार, २० असोज २०८२

भोजपुर । जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भए पनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ ।

जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धान बालीमा क्षति पुगेको छ । जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ । वर्षासँगै आएको हावाले धान बालीमा क्षति पुर्याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रूपनारायण फुयाँलले बताए ।

बोखिम क्षेत्रका धेरै किसानको धान बालीमा बर्सातले क्षति पुर्याएको उनको भनाइ छ । ‘भारी बर्सातका कारण धान बालीमा क्षति पुगेको छ’, उनले भने, ‘पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ, अझै यस्तै अवस्था रहेमा धान बालीमा ठूलो क्षति हुने अवस्था छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार