इलाम : इलामको सन्दकपुर ४ कालपोखरीमा भव्य चौँरी गोठ । गोठ नजिकै भोटे कुकुरका लागि छुट्टै ब्लक बनाइएको छ । जुन ब्लकमा लस्करै बाँधिएका १४ वटा भोटे कुकुर । यत्तिका समूहमा शरीरमा कालो तथा अनुहार र पेटमा फुस्रो रङ भएको अजङ्गको भोटे कुकुर । भुक्दा ठुलो आवाज,हेर्दा कता कता भालु नै पो हो कि जस्तो लाग्ने, शरीरको बनावट उत्तिकै आकर्षक ।
इलामको माइझुवा घर भई कालपोखरीमा व्यावसायिक रुपमैं चौँरी र कुकुर पाल्दै आएका पञ्चबीर राईले पालेका सेक्या नामको यो भोटे कुकुरको मूल्य ग्राहकले आठ लाख रुपैंया सम्म पु¥याएका छन । सुन्दा पत्यार नलागे पनि यो सत्य हो । पछिल्लो पटक काठमाडौँ र पोखराबाट आएका साजन बस्नेत र विजय पौडेलको टोलीले यो कुकुर किन्ने इच्छा राख्दै ८ लाख रुपैंया मोलेका हुन ।
यद्वपी राईले यो कुकुर भने बेचेनन् । लोप हुनै लागेको भोटे कुकुर प्रजाति मध्ये हाल इलाम पाँचथरका उच्च पहाडमा पालिए मध्ये सबैभन्दा ठुलो र आकर्षक यही हो, त्यसैले ग्राहकले दिएको पैसा भन्दा मुल्यावान छ ।’ राईले भने । भोटे कुकुरको नस्ल सुधार र संरक्षण गर्ने बेला आएकोले यो कुकुर इलाम पाँचथरका माउ कुकुरसँग सम्भोग पछि सुधारिएका छाउरा छाउरी जन्माउन उपयुक्त भएको राईको धारणा छ ।
राईको गोठमा यो सँगै भालु नामको एक सहित अरू २ वटा डाँगो र ११ वटा छाउरी गरी जम्मा १४ वटा भोटे कुकुर छन । उनले यी कुकुर व्यावसायिक रूपमा छाउरा छाउरी उत्पादन गरेर विक्री गर्ने उद्देश्यले पालेका हुन । पाँचथरको याङवरक गाउँपालिका १ पानी भित्ताबाट आठ वर्ष अघि माउसँगै किनेर ल्याइएको यो सेक्या अहिले वयस्क भइसकेको छ ।
त्यस कारण पनि यो कुकर सबै हिसाबले मजवुद रहेको राईले बताए । यो सिजनमा ११ मध्ये तीन माउ कुकुरले जन्माएका १० वटा छाउरा छाउरी विक्री भइसकेको राईले बताए । अबको डेढ महिनापछि थप चार माउ ब्याउँछन्,करिब चार महिना पश्चात् पुनः छाउरा छाउरी बेच्ने बेला हुन्छ ।’ उनले भने ।
_Mh5vtDOg6X.jpg)
उनको गोठमा जन्मिएका भोटे कुकुरका छाउरा छाउरी शरीरको बनावट आकार र रङ हेरेर मूल्याङ्कन गरी बेचिन्छन् । सबै भन्दा ठुलो र आकर्षक बनावट भएको छाउरो अधिकतम एक लाख र सबैभन्दा सानो (ज्यान नपरेको) छाउरी न्यूनतम २० हजार रुपैंयामा बिक्री हुन्छ , किन्नेले रुचाए भने चलन चल्ती भन्दा मागे भन्दा धेरै पनि दिन्छन् माग धेरै नै छ जन्मनु अगावै बुक भइसक्छन् ।’ राईले थपे ।
कालपोखरी क्षेत्र पर्यटकको अत्याधिक चहल पहल हुने स्थान हो । जुन बाटो भएर भारतको दार्जिलिङ र इलामको पशुपति नगर तर्फबाट आएका आन्तरिक र बाह्य पर्यटक सन्दकपुर हुँदै उच्च पहाडी र हिमाली क्षेत्रको भ्रमणमा लैजान्छन् । यहाँ उत्पादन भएका कुकुर विभिन्न ठाउँबाट आएका ग्राहकले किनेर लैजान्छन् । उनले पालेको सेक्या नामको भोटे कुकुर सबैको रोजाइमा पर्ने गरेको स्थानीय वडाध्यक्ष डिबि गुरुङ बताँउछन । यो कुकुर दैनिक ८–१० जनाले किन्न माग्छन् तर उहाँले बेच्न चाहनु भएको छैन ।’–गुरुङले भने ।
राईले व्यावसायिक कुकुर पालन गर्न सन्दकपुर कालपोखरी भोटे कुकुर फार्म हाउस’ नामको फर्म दर्ता गराएका छन ।
उनले सन्दकपुर गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति इलाममा यो फर्म दर्ता गराएका हुन । आफूले पालेका कुकुरलाई आ“टा स“गै दूध,मोही र छुर्पीको रस खुवाइने भोटे कुकुर पालकहरू बताउँछन् ।
हिमाली र उच्च पहाडी भेगमा पशु धन र गोठको सुरक्षाका लागि भोटे कुकुर पाल्ने गरिएको छ । यो बाहेक धेरैले सौखका लागि त कहिले रहरले पनि यस्तो कुकुर पाल्छन् । आज्ञा पालक यो कुकुर अरू भन्दा आकर्षक र पाल्नका लागि उपयोगी हुने जानकारहरू टिप्पणी गर्छन् । राई स“गै इलाम र पाँचथरका उच्च पहाडी क्षेत्रका चौँरी र गाई गोठमा भोटे कुकुर पाल्ने चलन छ ।
यहाँका गोठमा इलाम र पाँचथर सँगै भारतको सिक्किम र दार्जिलिङ सम्मबाट माउ कुकुर ल्याइन्छ । यसरी ल्याइएका माउ कुकुरलाई निश्चित समय गोठमै राखेर गर्भधारण गराइन्छ गर्भवती कुकुर पुनः घर लैजाने गरिन्छ । यसरी सम्भोग गराएर प्रजनन गराए बापत माउ कुकुरका धनीले डा“गोका धनीलाई एउटा छाउरो फिर्ता गर्ने चलन छ ।
तर राईका गोठमा बाहिरबाट लगेका कुकुरलाई सम्भोग गर्न दिइँदैन । 'आफैँले व्यावसायिक रूपमा कुकुर पालेकाले ठुलो समूहमा बाहिरका कुकुर टिक्न नसक्ने भन्दै सम्भोगका लागि नल्याउन सुझाउने गरेको छु ।’ उनले भने ।
प्रतिक्रिया