काठमाडौँ। नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसैगरी लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको विभागले जनाएको छ ।
मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भू-भागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया