इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी रङ्गशाला पछाडि इलाका प्रहरी कार्यालय बसोबास गराउने घोषणा गरेका छन्। आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नगर बासीलाई जानकारी दिँदै यस कार्यको प्रारम्भ भइसकेको उल्लेख गरेका हुन्।
मेयर पौडेलले लेखेका छन्, “केही दिनमै इटहरी रङ्गशाला पछाडिबाट प्रहरीले सेवा प्रदान गर्नेछ। नगर बासीको सुरक्षा हाम्रो पहिलो कर्तव्य हो।” उनका अनुसार नयाँ स्थानमा प्रहरीलाई बसोबास गराउने तयारी नगरपालिकाको सहयोगमा अघि बढाइएको छ।
हाल इटहरी इलाका प्रहरी कार्यालय प्रहरी चौकी तरहराबाट अस्थाई रूपमा सञ्चालन भइरहेको छ। प्रहरीको सेवा सहज, पहुँचयोग्य र प्रभावकारी बनाउन नगरपालिकाले रङ्गशाला क्षेत्र पछाडिको ठाउँलाई उपयुक्त ठानेर पूर्वाधार निर्माण कार्य सुरु गरेको बताइएको छ।
सुरक्षा व्यवस्थामा सुधारका लागि यो कदम महत्वपूर्ण हुने अपेक्षा नगरवासीले गरेका छन्।
प्रतिक्रिया