उदयपुर : सुनकोशी नदीमा उदयपुरको चौदण्डीगढी र र खोटागंको बराहपोखरी जोड्ने गरी बंशिलाघाटमा बेलिब्रिज राख्ने कार्य सुरु गरिएको छ । यातायातका साधन सञ्चालन हुने गरी दक्षिणी खोटागंको बराहपोखरी गाउँपालिका र उदयपुरको चौदण्डीगढी जोड्ने गरी बेलिव्रिज निर्माण कार्य सुरु गरिएको हो ।
बेलिव्रिज निर्माण कार्य सम्पन्न भएपछि बंशिलाघाट तर्फबाट पहिलो पटक उदयपुर र खोटागं जोडने गरी सिधा यातायातका साधन सञ्चालनमा आउने छन । यातायाताका साधन सञ्चालनमा बाधक बन्दै आएको सुनकोशी नदीको बंशिलाघाट बेलिब्रिज बनेपछि यातायात सञ्चालनका लागि सहज हुने स्थानीय वताउछन ।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर १ र खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर ५को पौवासेरा जोड्ने गरी सुनकोशी नदीमा ५१.८१ मिटर लामो र ४.१ मिटर चौडाई भएको बेलिब्रिज पुस महिनाको पहिलो सातासम्ममा जडान सम्पन्न गर्नेगरी काम थालिएको निर्माण कम्पनिले जनाएको छ । गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले मुल्यअभिबृद्धि करसहित ५७ लाखमा बेलिब्रिज जडान गर्ने गरि कामको जिम्मा लिएको छ ।
नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा बेलिब्रिज निकालेर राख्ने गरी जडान सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख डिभिजन इन्जिनियर बिनम दाहालले जानकारी दिए । चौदण्डीगढी नगरपालिका बेल्टार बसाहा उद्योग वाणिज्य संघका अध्यक्ष गोबिन्द थापाले हिउँदको ६ महिना मात्रै यस मार्गबाट ा यातायात संचालन हुन सके दुवै जिल्लाका स्थानीय, ब्यापारी व्यवसायी लगायतलाई ठुलो राहत हुने बताए ।
अहिले बेलिब्रिज जडान गर्न लागिएको ठाउँ सुनकोशी नदीको बंशिलाघाटमा मोटरेवल पक्की पुल निर्माणका लागि १९ करोड १८ लाख ४१ हजार चार सय रुपैयाँको लागतमा ३३ महिनामा पुल निर्माण सम्पन्न गर्ने गरि ०७९ मंसिर १ मा कालिका–वेदांसी जेभीले सम्झौता गरेको थियो । तर पुल निर्माण कार्यमा चरम ढिलासुस्ती भएपछि स्थानीय जनताको माग अनुसार कोशी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले अस्थायी बेलिब्रिज राख्न सुरु गरेको हो ।
प्रतिक्रिया