उदयपुरमा हायस गाडी बाढीले बगाउँदा मोरङकी अधिकारीको मृत्यु, २१ जनाको उद्धार

आइतबार, १९ असोज २०८२

उदयपुर : उदयपुरको बेलका नगरपालिका–४ स्थित लालबजार नजिकैको अमन खोलाले हायस गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ भने २१ जनाको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गएराति करिब १२ बजे मोरङको विराटनगरबाट काठमाडौँतर्फ गइरहेको बा ४ ख १६२८ नम्बरको हायस गाडी सिन्धुलीको भिमानबाट फर्कने क्रममा बेलकास्थित लालबजार नजिकैको अमन खोलाको कजवेमा बाढीले बगाएको हो।

गाडीमा २२ जना सवार रहेका थिए। घटनापछि इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले तत्कालै उद्धार कार्य थालेका थिए। प्रहरीका अनुसार २१ जनाको जीवितै उद्धार गरिएको हो भने एकजना बेपत्ता भएकी थिइन्।

बेपत्ता व्यक्तिको खोजीका क्रममा आज बिहान अमन खोलाबाट करिब डेढ किलोमिटर तल गिदेरी खोलानजिक एक महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय बेलकाका प्रमुख मौसम उदासले जानकारी दिए।

मृतक मोरङको सुन्दरहरैँचा नगरपालिका बस्ने ४० वर्षीया मञ्जु अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार