टिका लगाउन मावल हिँडेकी सुनसरी इनरुवाकी ६० वर्षीया महिला बेपत्ता

आइतबार, १९ असोज २०८२

सुनसरी : दसैंको टीका लगाउन मावल हिँडेकी इनरुवाकी एक महिला बेपत्ता भएकी छन् ।

इनरुवा–५ बलाहाकी ६० वर्षीया गीता दाहाल शनिवार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेको उनका परिवारजनले बताएका छन् ।

दाहाल बिहान इनरुवा–३ सखुवागाछीस्थित आफ्नो मावलतर्फ टीका लगाउनका लागि हिँडेकी थिइन् । तर, दिनभर बितिसक्दा पनि उनी घर नफर्केपछि परिवारले खोजी सुरु गरेको छ ।

“आफन्त सबैलाई खबर गरिसकेका छौँ, तर अहिलेसम्म फेला पारेका छैनौँ,” उनका ज्वाइँ राजेन्द्र अधिकारीले बताए ।

परिवारका अनुसार गीता दाहालको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा आइतबार लिखित जानकारी गराइएको छ । प्रहरी स्रोतका अनुसार बेपत्ता महिलाको खोजी कार्य सुरु गरिएको छ ।

परिवारले जो–कसैले गीता दाहालको बारेमा जानकारी पाए नजिकको प्रहरी कार्यालय वा परिवारलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

 सम्पर्कका लागि परिवारले ९८२५३१२८०४ र ९८०२९२७२७३ मा मोबाइल नम्बर समेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार