सोलुमा फरक क्षमता भएकी महिलामाथि जबर्जस्ती करणी, एक वर्षपछि आरोपित पक्राउ

बुधबार, २१ साउन २०८२
सांकेतिक फाईल

सोलुखुम्बु : फरक क्षमता भएकी महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएअनुसार ४५ वर्षीय रामचन्द्र बस्नेतले २०८१ साल साउन ६ गते दिउँसो करिब ५ बजे फरक क्षमता भएकी एक महिलामाथि जबर्जस्ती करणी गरेका थिए। उक्त घटना सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२ पोखरीमा भएको थियो।

वारदातपश्चात फरार रहेका बस्नेतलाई प्रहरीले २०८२ साल साउन १९ गते दिउँसो करिब १२स्४५ बजे काठमाडौं महानगरपालिका–१६, बनस्थली क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानका लागि सोलुखुम्बु जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिए।May be an illustration of text

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार