काठमाडौँ : स्कटल्याण्डले नेपाललाई ३२४ रनको लक्ष्य दिएको छ ।
आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३२३ रन बनाएको हो ।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रनको शतक पारी खेलेका थिए । त्यस्तै माइकल लिस्कले अविजित ९६ रन बनाएका थिए । त्यस्तै चार्ली टियरले ६८ रन र मार्क वाटले अविजित २१ रन बनाएका थिए ।
नेपाली बलर करण केसी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने ललित राजबंशीले एक विकेट लिए ।
नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ । ताजा अबस्थामा नेपाल १२ ओभरको खेल चलिरहँदा ६१-३ को अबस्थामा छ ।
प्रतिक्रिया