उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : महामन्त्री थापा

शुक्रबार, २३ जेठ २०८२

धरान : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले उत्तेजना फैलाउने र भीड उक्साउने राजनीति नगर्ने स्पष्ट पारेका छन् । लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र स्थायित्वका लागि पार्टी जिम्मेवार ढङ्गले अघि बढिरहेको बताए । 

नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू संघको प्रथम महाधिवेशनलाई आज धरानमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस संविधान निर्माण मात्र होइन, त्यसको सफल कार्यान्वयनमा पनि अग्रमोर्चामा रहेको दाबी गरेका छन् । 

“राजनीतिमा भावना हुन्छ, तर भावनालाई बेचेर राष्ट्र बन्दैन,“ उनले भने, “परिवर्तनको प्रक्रिया शान्त, स्थायी र सबलीकरणको मार्गबाट अघि बढ्नुपर्छ।“

महामन्त्री थापाले वर्तमान राजनीतिक परिदृश्यमा लोकमतभन्दा विचार, नीति र संवादमुखी राजनीति आवश्यक रहेकोमा जोड दिए । उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन विवेकपूर्ण बहस र सुदृढ नीति निर्माण अपरिहार्य भएको उल्लेख गरेका छन् । 

राष्ट्रवादको नाममा कुनै पनि बहुकालीन व्यवस्थामा फर्कन नहुने धारणा राख्दै थापाले नेपालको आर्थिक तथा सामाजिक परिवर्तनमा प्रजातन्त्रको योगदान अतुलनीय रहेको बताए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार