मोटरबाट करेन्ट लागेर झापामा महिलाको मृत्यु

बुधबार, २१ साउन २०८२

झापा : झापामा खेतमा सिँचाइ गर्ने क्रममा मोटरबाट करेन्ट लागेर मङ्गलवार राति १ जना महिलाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार गौरादह नगरपालिका–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको हो ।

घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा अचानक उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्यु भएको हो । आमालाई मृत फेला पारेपछि छोरा २५ वर्षीय सुशील नेम्वाङले शवलाई घरमा लगेर राखेका थिए ।

मृतकका पति ललित नेम्वाङको यसअघि नै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार