सुनको मूल्यले बनायो नयाँ रेर्कड, तोलाको कति पुग्यो ?

सोमबार, २८ पुस २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो । आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार