गृहमन्त्रीले गरे ५८ जना सहसचिव र उपसचिवको सरुवा

बुधबार, २६ कार्तिक २०८२
File Photo

काठमाडौं : गृह मन्त्रालयले सात जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) नियुक्त गर्दै ५८ जना सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार व्यापक प्रशासनिक फेरबदल गरिएको हो ।

नयाँ सरुवासँगै मुस्ताङ, डोटी, दैलेख, गुल्मी, रोल्पा, जुम्ला र पाँचथरमा नयाँ सीडीओ पठाइएका छन् ।

गृह मन्त्रालयका अनुसार मुस्ताङमा अजिता शर्मा, डोटीमा कल्पना घिमिरे, जुम्लामा दिपक पौडेल, गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्रीलाई प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी तोकिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार