बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

सोमबार, २८ पुस २०८२

धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पाटन नगरपालिका–८ साडीघाँटीस्थित जयपृथ्वी राजमार्गमा म १ ज २२४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जाेराले मोतीनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना भएकाे बताए ।

दुर्घटनामा तीन जनाकाे मृत्यु भएको बताउँदै उनले मृतककाे सनाखत हुन नसकेकाे बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार