ब्राउन सुगरसहित इटहरीका चौधरी पक्राउ

आइतबार, २५ जेठ २०८२

इटहरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ इस्राइलस्थित क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

हिजो (शनिवार) दिउँसो ४ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका इटहरी उपमहानगरपालिका–१७ निवासी २९ वर्षीय अभिनाश चौधरीलाई प्रहरीले शङ्का लागि रोकेर खानतलासी गर्दा उनले सर्टको खल्तीमा लुकाइ राखेको ३५.११ ग्राम ब्राउन सुगर फेला परेको हो।

चौधरीलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार