काठमाडौं : भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरी नेपाल ल्याइएको छ । दिल्लीस्थित नेपाली राजदूतावास, भारत प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरूले सुनौली नाका हुँदै नेपाल ल्याइएको हो ।
गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरूको दिल्लीबाट उद्धार गरिएको र विभिन्न प्रक्रियाहरू पूरा गरी सुनौली नाका हुँदै नेपाल ल्याइएको किन इन्डियाका संस्थापक नवीन जोशीले जानकारी दिए ।
दलालको प्रलोभनमा परेका उनीहरूलाई भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुक लैजान लागिएको थियो । जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडीका पाँच देश लैजाने क्रममा उद्धार गरिएको हो ।
खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएकाले आफूहरूले त्यसमा निगरानी गरिरहेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया