जेन–जी समूहको चेतावनीपछि काठमाडौंमा सुरक्षा सतर्कता

सोमबार, २० असोज २०८२

काठमाडौं : जेन–जी आन्दोलनका नाममा चर्चित बनेको सुदन गुरुङ समूहले सोमबार साँझ भद्रकालीस्थित प्रहरी परिसरमै उपस्थित भएर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेपछि काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ।

‘जेन–जी आन्दोलनमा दमनको आदेश दिनेहरूलाई पक्राउ गर्नुपर्छ’ भन्दै सुदन गुरुङ नेतृत्वको टोलीले प्रहरी परिसर पुगेर निवेदन दर्ताको प्रयास गरेको थियो। तर, सरकारले गठित जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले निवेदन लिन अस्वीकार गरेको छ।

निवेदन दर्ता नहुने जानकारी पाएपछि समूहका सदस्यहरू “अब सडकबाटै देखाइदिन्छौँ” भन्दै प्रहरी परिसरबाट बाहिरिएका थिए। त्यसपछि काठमाडौं उपत्यका प्रहरी परिसरले तत्काल सबै वृत्त र बिटका प्रहरीलाई फिर्ता बोलाउने निर्देशन दिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार