जनकपुरधाममा हिन्दूवादीहरुको विरोध

मंगलबार, २१ असोज २०८२

जनकपुर : जनकपुरधाममा विभिन्न हिन्दूवादी संगठनका युवा तथा सदस्यहरुले विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार उनीहरुले धनुषाका एसपी मुर्दावाद, हिन्दुलाई रिहा गर, जय श्रीराम लगायतका नारा लगाउँदै मोटरसाईकलमा नगर परिक्रमा गरेका छन् ।

केही दिन अघि जनकपुरधाम उपमहानगरपालिका २० रुपेठामा दुर्गा माताको मुर्ती विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो ।

विवादको क्रममा मुस्लिम समूदायले सीसाको बोतल, ढुंगा, ईँटालगायत हिन्दू समुदायमाथी प्रहार गरेका थिए । 

हिन्दू समुदायले विवादित तेलीया पोखरीको छेउमा मुस्लिम समूदायले निर्माण गरेको टहरा जलाएका थिए । त्यसपछि विवाद झन चर्किएको थियो ।

धनुषा प्रहरीले अवस्था नियन्त्रणमा लिन आश्रुँ ग्यास प्रहार गरेको थियो भने केही स्थानीय युवाहरुलाई हिरासतमा लिएको थियो । सोही हिरासतमा रहेका युवाहरुलाई रिहा गर्न माग गर्दै आज विरोध र्याली निकालिएको हो ।

हिन्दूवादी संगठनका युवाहरुले पक्राउ परेकाहरुलाई आज नछाडे भोली चक्का जाम, टायर बालेर प्रदर्शनदेखि बजार बन्द सम्म गराउने चेतावनी दिएका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार