कोशीका मुख्यमन्त्री कार्की र स्वीस प्रतिनिधिबीच भेटवार्ता

सोमबार, २४ कार्तिक २०८२

विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसनका असिस्टेन्ट डाइरेक्टर आर्नो विकिबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल–स्विजरल्यान्डबीचको द्विपक्षीय सहयोग, संघीयता कार्यान्वयन, जलवायु परिवर्तन, रोजगारी उत्पादन र प्रदेश विकासका विविध विषयमा छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनमा स्विस सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै हाल भइरहेका परियोजनाहरूले छिट्टै ठोस नतिजा दिने विश्वास व्यक्त गरे ।

उनले नेपालको शान्ति, समृद्धि र विकासका लागि स्विजरल्यान्डको सहयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका चुनौतीहरू सामूहिक रूपमा सामना गर्न सहकार्य आवश्यक भएको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले रोजगारी सृजनामूलक कार्यक्रमहरू अघि बढाइरहेको जानकारी पनि दिए । 

त्यसैगरी, असिस्टेन्ट डाइरेक्टर आर्नो विकिले कोशी प्रदेशलाई सम्भावनायुक्त प्रदेशका रूपमा चित्रण गर्दै विकास र पर्यटनका क्षेत्रमा यहाँ ठूलो अवसर रहेको बताए ।

उनले कोशी प्रदेश सुन्दर, शान्त र मैत्रीपूर्ण भएको भन्दै यहाँ काम गर्न सजिलो रहेको अनुभव बाँडेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेलले जानकारी दिएका छन् । 

भेटवार्तामा स्विस सरकारका कोअपरेसन मथेएस माएर लगायत अधिकारीहरू पनि सहभागी थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार