अख्तियार प्रमुख राईलाई राजीनामा दिन ‘जेनजी’को दबाब

मंगलबार, २१ असोज २०८२

काठमाडौँ । ‘जेनजी’को एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईलाई पदबाट राजीनामा दिन दबाब दिएको छ । जेनजी मुभमेन्ट अलायन्सले राईसहित सबै आयुक्तलाई राजीनामा दबाब दिएको हो ।

उक्त अलायन्समा आबद्ध व्यक्तिहरू मङ्गलवार (असोज २१) बिहान कार्यालय समय सुरु हुने बित्तिकै काठमाडौँको टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए । उनीहरूले राईको राजीनामाको मागसहित निवेदन दर्ता गराएका छन् ।

“...७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको सहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईँलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ,” निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार