बालेन र सुदनविरुद्धको जाहेरी फोटोकपीमै सीमित, प्रहरीको मौनता

मंगलबार, २१ असोज २०८२

काठमाडौं : काठमाडौं महानगरका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ समूहका संस्थापक सुदन गुरुङविरुद्ध दर्ता गरिएको जाहेरीबारे प्रहरीले २४ घण्टापछि मात्रै प्रतिक्रिया दिने बताएको छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोलीले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो।

स्रोतका अनुसार प्रहरी परिसरले जाहेरीको केवल फोटोकपी लिएर राखेको छ, तर आधिकारिक रूपमा दर्ता नगरी मौन बसिरहेको छ। यसले प्रहरी प्रशासनको निष्पक्षता र राजनीतिक दबाबबारे नयाँ प्रश्नहरू उठाएका छन्।

अनेरास्ववियुको टोलीले जाहेरीमा बालेन शाह र सुदन गुरुङले सार्वजनिक रूपमा राज्यसंस्थाप्रति असभ्य व्यवहार र आपराधिक उक्साहटपूर्ण गतिविधि गरेको आरोप लगाएको छ। तर जाहेरी बुझिएको २४ घण्टापछि समेत प्रहरीको औपचारिक जवाफ नआउँदा विद्यार्थी संगठनले असन्तुष्टि व्यक्त गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार