विराटनगर : पछिल्लो समय उपहार दिने शैलीमा परिवर्तन आइरहेको छ। भौतिक वस्तुको साटो दीर्घकालीन लाभदायी योजनाहरू उपहार दिने चलन बढ्दै गएको छ। यसै क्रममा सुरज काफ्लेले आफ्नो जन्मदिनमा जीवन उपयोगी विशेष उपहार प्राप्त गरेका छन्।
सुरजलाई उनकी श्रीमती आकृति भण्डारीले गार्डियन माईको लाइफ इन्स्योरेन्सको “दीर्घायु बचत योजना” अन्तर्गतको बिमा पोलिसी उपहार दिएकी हुन्। जन्मदिनको अवसरमा दिएको यो पोलिसी १६ वर्षे अवधिको रहेको छ, जसअन्तर्गत सुरजको नाममा ५ लाख रुपैयाँ बिमांक गरिएको छ।
श्रीमती भण्डारीका अनुसार बिमा पोलिसी उपहार दिनुको उद्देश्य केवल संझनाको रूपमा सीमित नभई आर्थिक सुरक्षा र भविष्यको बचतमा समेत ध्यान दिनु हो। “यो योजना सुरजलाई हरेक वर्षको खर्च व्यवस्थापन गर्दै बचत गर्न प्रेरित गर्नेछ,” उनले भनिन्, “साथै भविष्यमा अप्रत्याशित आर्थिक संकट आइपरेमा पनि यसले ठूलो राहत दिनेछ।”
यस्ता खालका उपहारहरूले सम्बन्धमा भावना मात्र होइन, भविष्यप्रति सोच्ने दृष्टिकोण समेत थप्ने भएकाले दीर्घकालीन लाभ हुने विश्वास आयोजक पक्षको छ। बिमा उपहार दिने यो अभ्यास सामाजिक रूपमा पनि सकारात्मक सन्देश दिन थालेको देखिन्छ।
प्रतिक्रिया