उदयपुरमा पोखरीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

शनिबार, २९ कार्तिक २०८२

उदयपुर ।  उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरस्थित शिवालय सामुदायिक वन परिसरभित्रको पोखरीमा डुबेर  एक जना बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपालचोक बारवीसे नगरपालिका–२ घर भई हाल सुन्दरपुरमा मामा सन्देश सुनुवारको घरमा बस्दै आएका ८ वर्षीय परम कार्की रहेको प्रहरीले जनाएको छ। खेल्ने क्रममा पोखरीको छेउमा पुगेका बालक अचानक लडेर पानीमा डुबेको स्थानीयले बताए।

घटना बारे स्थानीयवासीले खबर गरेपछि इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट प्रहरी नायब निरीक्षक जगदिश प्रसाद मेहताको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। स्थानीयको सहकार्यमा गरिएको खोजतलासीपछि बालक पोखरीमै डुबेको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार