जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ।
सुशीला कार्कीले सत्ता लिएको दिन (भाद्र २७) लाई जेन्जी विद्रोहको लागि कालो दिनका रूपमा स्मरण गर्दै कार्तिक २७ गते माइतीघरमा सांकेतिक विरोध गर्न गएका शाहलगायत कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।
भाद्र २७ गते सुशीला कार्की नेतृत्वको सरकारले सत्ता कु गरेर जेन्जी विद्रोहलाई अपहरण गरेको आरोप लगाउँदै शाहले सांकेतिक प्रदर्शन गरेका थिए।
शान्तिपूर्ण रूपमा विरोधमा उभिएका शाह र उनका सहकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा लगेको बताइएको छ।
जेन्जी मुभमेन्ट नेपालले यस घटनालाई अभिव्यक्तिको अधिकारमाथिको दमन भन्दै तत्काल रिहाइको माग गरेको छ।
प्रतिक्रिया