विक्री भएन यार्सागुम्बा, सङ्कलक र व्यापारी मारमा (तस्बिरसहित)

विहीबार, २२ साउन २०८२

मुगु : मुगुको मुगमकामारोङ्ग गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरू मारमा परेका छन् । 

सङ्कलनकर्ता र व्यापारीहरूबिच कारोबार नहुँदा करिब दुई क्विन्टल यार्सागुम्बा मुगुमै थन्किएपछि सङ्कलक र व्यापारी मारमा परेका हुन् । तथ्याङ्क अनुसार यार्सागुम्बा कारोबार गत वर्षहरू भन्दा पछिल्ला वर्षहरूको घट्दो अवस्थामा छ । 

आर्थिक वर्ष २०८०-०८१मा मुगुबाट ७९,२०७ केजी निर्यात हुँदा प्रति केजी ३१ हजार रुपैयाँको दरले २४ लाख ५५ हजार चार सय १७ रुपैया राजश्व सङ्कलन भएको थियो । तर पछिल्लो आ।व २०८१-०८२मा २६.२ केजी निर्यात हुँदा ८ लाख १२ हजार २ सय रुपैयाँ राजश्व सङ्कलन भएको देखिन्छ ।

अवैध चोरी निकासी,  परिपक्व उमेर नहुँदै सङ्कलन, जनचेतनाको कमी, बन क्षेत्रमा आगलागी, जलवायु परिवर्तनका कारण यार्सागुम्बा उत्पादनका कम भएपछि कारोबार पनि घट्दै गएको देखिन्छ । तर संरक्षण र जन चेतनाका कार्यक्रमको तयारी भइरहेको डिभिजन वन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख प्रकाश गिरी बताउँछन् ।

गत वर्ष प्रतिगोटा यार्सागुम्बाको पाँच सयदेखि एक हजार प्रति केजीको १७ लाखदेखि १८ लाखसम्म कारोबार हुने गरेको थियो । तर यस वर्ष कारोबार घट्दा स्थानीयको दैनिक जीवनयापनमा समस्या भएको स्थानीय टारी लामाले बताए ।

मुगुका विभिन्न स्थानमा पाइने यार्सागुम्बा दुई क्विन्टल भन्दा बढी सङ्कलन हुने गर्छ । तर यस वर्ष मूल्य कम हुँदा कारोबार पनि घटेको मुगमकामारोङ्ख गाउँपालिका २ नम्बर वडा अध्यक्ष च्यावा लामाले बताए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार