झापा : झापाको मेचीनगर नगरपालिका–१३, चारआलीमा रहेका मनकामना अस्पताल प्रा.लि.का सञ्चालक चिकित्सक दिलीपकुमार यादव जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार ४७ वर्षीय यादवलाई २७ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो। पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि पक्राउ प्रक्रिया अघि बढाइएको जनाइएको छ।
डाक्टर यादवले विगत करिब एक दशकदेखि चारआलीमा मनकामना अस्पताल सञ्चालन गर्दै आएका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा आरोप सम्बन्धी थप प्रमाण सङ्कलन कार्य जारी रहेको बताएको छ।
स्थानीयवासीका अनुसार यादवविरुद्ध यसअघि पनि सेवाग्राहीप्रति असहज र अनुचित व्यवहार गरेको गुनासो आइरहँदै आएको थियो।
प्रहरीले यस विषयमा पनि छुट्टै रूपमा बयान लिने तयारी गरिरहेको जनाएको छ।प्रहरीका अनुसार अनुसन्धान सकिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
प्रतिक्रिया