सङ्खुवासभामा सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई युवक पक्राउ

शुक्रबार, ३० जेठ २०८२

किमाथाङ्का : सामाजिक सञ्जालमार्फत फोटो र भिडियो सार्वजनिक गरी चरित्रहत्या गरेको अभियोगमा षडानन्द नगरपालिका–१ का दुई युवकलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय बिपल राई छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठका अनुसार उनीहरूलाई सामाजिक सञ्जाल प्रयोग गरेर व्यक्तिगत आचरणमा ठेस पुर्‍याएको उजुरीका आधारमा आज खाँदबारीबाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

दफा ४७ अनुसार कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार