प्रदेश सरकारको बजेट घट्दै: श्रोत संकुचनका कारण ३७ अर्बमा सीमित हुने

शनिबार, ३१ जेठ २०८२
File Photo

गौरादह :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको बजेट आकार वर्षेनि घट्दै गएको स्पष्ट पारेका छन् । झापाको गौरादह क्याम्पसमा शनिबार(आज) आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि करिब ३७ अर्ब रुपैयाँको बजेट तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार २०७५-७६ सालमा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइए पनि स्रोतको कमीका कारण अहिले ३६–३७ अर्बमा सीमित हुनुपरेको हो। “हालको स्रोतको वास्तविक अवस्था हेर्दा जम्मा ३३ अर्ब बराबरको स्रोतमात्र उपलब्ध छ,” मुख्यमन्त्री कार्कीले भने, “त्यसैले तानतुन गरेर ३७ अर्बको बजेट बनाउन लागेको हो।”

मुख्यमन्त्री कार्कीले संघीय सरकारबाट कतिपय स्रोत रोकिएको र कानुनी अधिकारसमेत अझै नपुगेको बताए । उनले स्रोत व्यवस्थापन चुनौतीपूर्ण भइरहे पनि आगामी बजेटले शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने उल्लेख गरेका छन् । 

कार्यक्रममा गौरादह क्याम्पसको योगदानको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले क्याम्पसको स्तरोन्नति, भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारमा प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार