जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई १९४ रनको चुनौती दिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएको हो।
स्कटल्याण्डका लागि जर्ज मुनसीले आक्रामक प्रदर्शन गर्दै सर्वाधिक ७८ रन बनाए। उनले आफ्नो इनिङमा ५ चौका र ५ छक्का प्रहार गरे। ब्राण्डन म्याकुलनले पनि उत्कृष्ट साथ दिँदै ४२ रन जोडे। यस्तै, माइकल लिस्क २६ रनमा अविजित रहँदा म्याथ्यु क्रसले १७ रनको योगदान दिए।
नेपालका बलरमध्ये कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजबंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए।
प्रतिक्रिया