धरानमा खुकुरी प्रहार: एक युवक घाइते

विहीबार, १२ असार २०८२

धरान : धरान उपमहानगरपालिका–१० स्थित राँगा चोकमा आज साँझ खुकुरी प्रहार भएको घटनामा एक युवक घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय धरानका अनुसार साँझ ६:२० बजे भएको घटनामा धरान–२० निवासी २८ वर्षीय समिर राई घाइते भएका हुन्। मोरङका अविनाश राईले पछाडिबाट खुकुरी प्रहार गरेका थिए।

घाइते राईलाई उपचारका लागि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर कोमल ठाकुरका अनुसार घटनाको कारण खुल्न बाँकी छ भने अभियुक्त अविनाश राई फरार छन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार