धरानमा बालिकामाथि यौन दुर्व्यवहारको आरोप, एक जना पक्राउ

विहीबार, १९ असार २०८२
सांकेतिक फाईल

धरान : धरान उपमहानगरपालिका १६ नौलो बस्तीमा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौतर्फी दबाबसँगै पीडित पक्षले जाहेरी दर्ता गरेपछि इलाका प्रहरी कार्यालय धरानले आरोपितलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले पक्राउ परेका आरोपितलाई भोलि शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन् । 

बाल सञ्जाल धरानले बिहीबार नै इलाका प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाउँदै आरोपितलाई तत्काल पक्राउ गर्न माग गरेको थियो । 

पीडित बालिका र उनकी आमा स्वयं इलाका प्रहरी कार्यालयमा पुगेपछि औपचारिक उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार