रास्वपा धरानको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

शनिबार, २८ असार २०८२

धरान : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिकाको एतिहासिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पार्टीको भावी दिशा तय गर्दै स्थानीय संरचनामा नयाँ जोश र नेतृत्व थप्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको सुरुवातमा सभालाई सम्बोधन गर्दै रास्वापा नेता तथा सांसद अशोक कुमार चौधरीले अधिवेशनप्रति शुभकामना व्यक्त गर्दै भने, "अधिवेशन केवल कार्यक्रम मात्र होइन, यो पार्टीको भविष्य निर्धारण गर्ने मोड हो। तपाईंहरू परिवर्तनका नायकहरू हो।" उनले धरानका घण्टीमित्रहरूको सक्रियता, समर्पण र निष्ठाप्रति आभार प्रकट गरेका थिए।

सांसद चौधरीले रास्वपाको “निलो क्रान्ति”लाई जन–जनमा पुर्‍याउन आग्रह गर्दै भने, “यो क्रान्ति नातावाद, भ्रष्टाचार र अकर्मण्यताको विरुद्ध हो।

बेला बेलामा रास्वपाको नीति, विचार, सिद्धान्तबारे भ्रम फैलाउनेहरूप्रति पनि चेतावनी दिँदै चौधरीले भने, “हामी गणतन्त्रवादी, लोकतान्त्रिक, वहुलवादी पार्टी हौं। प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश सभा खारेज, विज्ञहरूद्वारा भरिएको राष्ट्रिय सभा, र संवैधानिक अंगहरूको पुनःसंरचना हाम्रो नीतिगत दस्तावेजमा स्पष्ट रूपमा उल्लेख छ।”पार्टीको दस्तावेजहरू हेरिदिन हुन आग्रह समेत गरेका थिए।

त्यस्तै अधिवेशनबाट धरान उपमहानगर समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। सुमन श्रेष्ठ सभापति, राम कार्की उपसभापति, ख्यामप्रसाद फुयाल सचिव, सन्दिप शाक्य सहसचिवमा चयन भएका छन्। सदस्यहरूमा अतुल श्रेष्ठ, तोर्णबहादुर कार्की, बनप्रसाद गुरुङ, थाङ्गा बहादुर राई, मिरा लोहार, सुनिता श्रेष्ठ, ईन्द्रबहादुर कार्की, जीवन आचार्य, मेघराज पोखरेल र मनकुमारी विश्वकर्मा चयन गरिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार