काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले सत्ता गठबन्धनलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार पार्टीले समर्थन फिर्ताको पत्र संघीय संसद्का सभामुख देवराज घिमिरेलाई बुझाएपछि समर्थन फिर्ता गरिएको हो।
जसपा नेपालकी प्रमुख सचेतक रेखा यादवका अनुसार, पार्टीले औपचारिक रूपमा समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई दिइसकेको छ। जसपा नेपाल हाल एमाले–कांग्रेस गठबन्धनबाट बनेको सरकारलाई समर्थन गर्दै आएको थियो, तर सरकारमा सहभागी भने भएको थिएन।
पछिल्लो समय जसपा नेपालले भूमि सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाएको थियो। पार्टीले विधेयक किसानमाथि अन्यायपूर्ण हुने भन्दै संसदमा विरोध जनाउँदै आएको थियो।
प्रतिक्रिया