राप्रपामा आन्तरिक विवाद चुलियो, लिङ्देनद्वारा गिरी पदमुक्त गरेपछि नेताहरू आयोगमा

आइतबार, ०४ साउन २०८२
सांकेतिक फाईल

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भित्रको आन्तरिक विवाद थप चुलिएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पदमुक्त गरेपछि राप्रपाका शीर्ष नेताहरू निर्वाचन आयोगमा पुगेका छन्।

नेताहरू प्रकाशचन्द्र लोहनी, धवल सम्शेर राणा, हरि बस्नेतलगायतका वरिष्ठ नेताहरूले गिरीमाथिको कारबाही निर्णय खारेज गर्न माग गर्दै आयोगमा लिखित उजुरी दिएका हुन्। उनीहरू लिङ्देनको निर्णयलाई ‘एकपक्षीय’ र ‘पार्टी विधानविपरीत’ भन्दै अस्वीकार गरेका छन्।

लिङ्देनले पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै गिरीलाई उपाध्यक्ष मात्र होइन, केन्द्रीय सदस्यबाटसमेत हटाउने निर्णय गरेका थिए। पार्टी भित्रको बढ्दो गुटबन्दीका बीच आएको यस निर्णयले राप्रपाभित्रको शक्ति सन्तुलनमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार