काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेकी छन्।
एमालेको हालै सम्पन्न पोलिटब्युरो बैठकमा भण्डारीको पार्टी सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेपछि अध्यक्ष ओलीलाई विवाद समाधानको जिम्मा दिइएको थियो। त्यसैका लागि भण्डारीलाई च्यासल बोलाइएको हो।
पार्टी स्रोतका अनुसार दुबै नेताबीच भण्डारीको औपचारिक हैसियत, पार्टीमा भूमिकाको स्वरूप र आन्तरिक असमझदारीबारे गहन छलफल हुने अपेक्षा गरिएको छ। एमालेको आन्तरिक निर्णय प्रक्रियामा पूर्वराष्ट्रपतिको संलग्नताबारे केही नेताहरूले प्रश्न उठाएपछि विषय पार्टीभित्र विवादको रूपमा अघि बढेको हो।
प्रतिक्रिया