धरान : सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट ठूलो मात्रामा लागूऔषध र नियन्त्रित औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान–१५ का ३६ वर्षीय हेम बहादुर तामाङ र धनकुटा स्थायी घर भई धरान–२६ बसोबास गर्दै आएका २८ वर्षीय मिलन थापा रहेका छन्।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई हिजो राति करिब ८:३० बजे पक्राउ गरेको हो।
प्रहरीका अनुसार तामाङ र थापाको साथबाट लागूऔषध ट्रामोल २९१० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिन २९५० ट्याब्लेट बरामद गरिएको छ।
दुवैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमार्फत थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया