काठमाडौं : अस्ट्रेलियामा जारी टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको छ ।
शुक्रबार मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो ।
नेपालले नर्दनले दिएको १७८ रनको लक्ष्य निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रनमात्रै बनाउन सफल भयो ।
नेपालका लागि कुशल मल्लले ३५, गुल्शन झाले २६ ,रोहित पौडेलले २३ रन र दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए ।
यसअघि पहिला ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले ३, सहाब आलमले २ तथा दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र रुपेश सिंहले समान एक विकेट लिएका थिए । दोस्रो खेल नेपालले भोलि शनिबार बंगलादेश एसँग खेल्नेछ ।
प्रतिक्रिया