भारतमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो

शुक्रबार, ३१ असोज २०८२

बर्दिया । बिहीबार दिउँसो नेपालको सीमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ । भारतको बहराईच जिल्ला मोतीपुर थाना अन्तर्गत बलैगाउँमा भेटिएको शव बर्दिया बाँस गढी नगरपालिका वडा न ५ रामपुर बस्ने २० वर्षीय दिनेश सुनारको रहेको नेपाल प्रहरीले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार गत मङ्गलवार धनगढी जान भनी घरबाट हिँडेका थिए । बिहीबार नेपाली मूलको जस्तो देखिने युवाको शव नेपाल भारत सीमावर्ती क्षेत्रमा फेला परेको खबर फैलिएको थियो । घटना स्थलको अवस्था हेर्दा चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर मल्लले बताए ।

युवक कसरी सो स्थानमा पुगे र कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको पोष्टमार्टमका लागि भारतको बहराइच लगेको छ । पोस्टमार्टम पश्चात् युवकको शव आफन्तको जिम्मा लगाइने छ । युवकको परिवारका सदस्यहरू बिहीबार नै बहराइच पुगेका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार