सुनको मूल्यमा नयाँ रेर्कड कायम, तोलाको कति ?

शुक्रबार, ३१ असोज २०८२

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज९शुक्रवार० सुन प्रतितोला २ लाख ५८ हजार कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार चाँदी ७५ रुपैयाँले बढी ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको थियो । 

 


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार