एमाले महाधिवेशनः १२ बजेसम्म ४ सय मत खस्यो

बुधबार, ०२ पुस २०८२

काठमाडौँ : नेकपा एमालेको ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी रहेको छ । एमाले निर्वाचन आयोगले प्रबन्ध मिलाएको विद्युतीय भोटिङ मेसिनबाट प्रतिनिधिहरुले काठमाडौँको भृकुटीमण्डपमा मतदान गरिरहेका छन । 

 बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि आज विहान साढे ९ बजेबाट मतदान सुरु भएको र मध्याह्न १२ बजे सम्ममा  करिब ४ सय मत खसेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । गौतमका अनुसार एमालेको महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि ६ सय ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् भने दुई हजार २ सय ६३ जना प्रतिनिधि रहेका छन । 

अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महाधिवेशनस्थलको भित्र र बाहिर विभिन्न उम्मेदवारका समर्थक र शुभेच्छकहरूले आ–आफ्ना शैलीमा प्रचारप्रसारलाई तीव्रता दिएका छन् । प्रदर्शनीमार्गको सडकमा नाचगान र सांस्कृतिक प्रस्तुतिसहित प्रचारप्रसार गरिदै छ । सोही कारण प्रदर्शनीमार्गको सवारी आवागमन प्रभावित भएको छ । 

एमाले महाधिवेशनको उद्घाटन गत मङ्सिर २७ गते भक्तपुरको सल्लाघारी चौरमा भएको थियो भने मङ्सिर २८ गतेदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु भएर अहिले मतदान पनि भृकुटीमण्डपमा नै भई रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार