अस्थायी संरचनाबाट सेवा दिँदै आएको इटहरी यातायातद्धारा पाँच महिनामा ३९ करोड बढी राजश्व सङ्कलन

बुधबार, ०२ पुस २०८२

इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीले पाँच महिनाको अवधिमा ३९ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडको शिकार बनेको कार्यालयले त्रिपाल तथा अस्थायी कोठाहरूबाट सेवा दिँदै आएको र पाँच महिनाको अवधिमा ३९ बढी राजस्व सङ्कलन गरेको जानकारी दिएको हो । 

कार्यालय प्रमुख मानबहादुर देवकोटाले गत साउन देखि हिजो पौष १ गते सम्म ३९ करोड ४७ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए । जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी र तोडफोड भएकाले केही समय सेवा दिन नसके पनि हाल आएर अस्थायी संरचना बनाएर सेवा प्रवाह गरिरहेको समेत कार्यालय प्रमुख देवकोटाले बताए । कार्यालयमा गरिएको आगजनीका कारण करिब ९५ प्रतिशत सवारीसाधनका अभिलेख जलेर नष्ट भएको जनाइएको छ । जसका कारण सेवा प्रवाहमा जटिलता थपिएकोको समेत कार्यालय प्रमुख देवकोटा सुनाउँछन् । 

रजिस्ट्रेसन दस्तुर, ब्लुबुक नवीकरण, सवारीसाधन कर, लगायतका  सेवा दैनिक एक हजार बढी सेवाग्राहीलाई दिदैं आएको कार्यालयमा आगजनीका क्रममा ब्लुबुक जलेर नष्ट भएपछि कार्यालयलाई दोहरो काम गर्नुपर्ने अवस्था रहेको पनि देवकोटाले जानकारी दिए । जेन जी आन्दोलनका क्रममा ट्याक्ट्र शाखाबाहेकका अन्य करिब १२ लाखको सङ्ख्या सवारीसाधनको अभिलेख नष्ट भएको समेत जनाइएको छ ।  

सेवाग्राहीहरूको अत्याधिक चाप हुने कार्यालयको सेवा अस्थायी रूपमा प्रवाह गर्नु पर्दा कर्मचारी मात्र नभएर सेवाग्राहीहरूलाई समेत असुविधा भईरहेको देखिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार