रामेछाप । दोलखाको वैतेश्वर गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
बिहीबार घर नजिकैको जङ्गलमा गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरीका अनुसार तामाङ घरबाट करिब २ सय मिटरको दूरीमा रहेको जङ्गलतर्फ गएका बेला जङ्गली भालुले आकस्मिक आक्रमण गरेको थियो । आक्रमणबाट उनको अनुहार र टाउकोमा गहिरो चोट लागेको र सोही चोटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया