काठमाडौँ: इस्लिङ्टन कलेजले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गरेको छ । ललितपुरको द प्लाजामा दुईदिने दीक्षान्त समारोह आयोजना गरेर स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुलाई दीक्षित गरेको हो ।
विद्यार्थीहरूको दीर्घ शैक्षिक यात्रापछि व्यावसायिक जीवनतर्फको औपचारिक प्रवेशको प्रतीकका रूपमा लिइन्छ, जहाँ उनीहरूले हासिल गरेको ज्ञान, सीप र अनुशासनले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सहित दीक्षान्त समारोह आयोजना गरिएको जनाइयो ।
दीक्षान्त समारोहमा स्नातक तह अन्तर्गत बीएससी , कम्प्युटिङ, बीएससी ,कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, बीएससी , मल्टिमिडिया टेक्नोलोजी, बीए , बिजनेस एडमिनिस्ट्रेशन, बीए , इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बीए , डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए ,एड्भर्टाइजिङ एण्ड मार्केटिङ तथा बीए इभेन्ट्स एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरूको सहभागिता रहेको थियो । स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी, एमबीए तथा एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो ।
_8c7gIZQlav.jpg)
वार्षिक कार्यक्रम अन्तर्गत आयोजित दीक्षान्त समारोहमा इस्लिङ्टन कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने आफ्नो परम्परालाई निरन्तरता दिएको छ। इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति तथा इन्टरनेशनल स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरिएको छ। यस वर्षको प्रतिष्ठित इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ। करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी बराबरको यस छात्रवृत्तिले ट्युशन शुल्क, आवास खर्च तथा दुईतर्फी हवाई भाडा समेत समेट्ने जानकारी गराइयो ।
त्यस्तैगरी इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ। यी विद्यार्थीहरूले इनोभेट नेपाल ग्रुप अन्तर्गतका कलेजहरूमा स्नातकोत्तर अध्ययन निरन्तरता दिनेछन् भने समूह अन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन्। समारोहमा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य, उच्चस्तरीय शैक्षिक अभ्यास तथा विश्वव्यापी प्रतिस्पर्धामा सफल हुने दक्ष जनशक्ति उत्पादनप्रति कलेज निरन्तर प्रतिबद्ध रहँदै आएको जनाइएको छ। इस्लिङ्टन कलेजले २५ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यवसाय प्रशासन लगायतका विषयहरुमा स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया