भोजपुर : बालबालिकाको मुल्यवान शैक्षिक क्षमताहरु केन्द्रित काठमाडौ विश्वविद्यालय स्कुल अफ आट्र्सको आयोजनामा भोजपुरका शिक्षकहरुको क्षमता विकास तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयहरूमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रवद्र्ध गर्ने उद्देश्यका साथ भोजपुर नगरपालिकामा रहेका १२ वटा विद्यालयमा उक्त परियोजनाले विद्यार्थीको सिकाई तथा व्यावहारमा परिवर्तन ल्याउँने खाले कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
परियोजाना संचालन भएका विद्यालयका फोकल व्यक्तिहरूले विद्यालयमा अध्ययनरत छात्र, छात्रामा अनुसाशित भएर सामुहिक कार्य गर्ने , एक अर्कालाई सहयोग गर्ने लगायतको परिवर्तन भएको वताए । विद्यार्थीहरूले कक्षाकोठा र विद्यालयको वातावरण आफैँ सफा राख्ने थालेको शिक्षक र विद्यार्थीहरूबीचको सम्बन्धमा सुधार आएको र विद्यार्थीहरू आफ्ना समस्या शिक्षक समक्ष राख्न सहज राख्न थालेको पनि फोकल व्यक्तिहरुले जानकारी गराए । यसोधरा माध्यमिक विद्यालयका शिक्षक .(फोकल व्याक्ति) अमृता ताम्रकारले विद्यालयको शैक्षिक वातावरणलाई सुरक्षित, समावेशी र समतामूलक बनाउन मद्दत समेत पुगेको वताइन ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रवद्र्ध गर्ने उद्देश्य राखेको यो परियोजनाले नेपाल, भुटान र बङ्गलादेशका विद्यालयहरूमा बालबालिकाको सिकाइको गुणस्तर र अनुभवलाई सुधार गर्न उक्त परियोजना संचालन भईरहेको परियोजना प्रमुख डा. विनायक कृष्ण थापाले जानकारी दिए ।
काठमाडौँ विश्वविद्यालय लाइक ल्याबका अनुसन्धान अध्येता, सामुदायिक परिचालनकर्ता, र कनिष्ठ अनुसन्धानकर्ताहरूले कार्यक्रममा सहभागी शिक्षकहरूलाई परियोजनाको तथ्याङ्क सङ्कलन तथा मूल्याङ्कन फारम भर्ने तरिका समेत सिकाएका थिए । कार्यक्रममा सहभागी शिक्षकहरूले परियोजना सञ्चालनपछि विद्यार्थीहरूमा आएका सकारात्मक परिवर्तनहरूका विषय प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया