युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसाथ गरेको छ : महामन्त्री पौडेल

शनिबार, १७ माघ २०८२
फाइल फोटो

काठमाडौँ  :  युवा पुस्ताको आवाजलाई कांग्रेसले आत्मसाथ गरेको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताएका छन्। 

 

काठमाडौँ क्षेत्र नम्बर ४ बालुवाटारमा रहेको विशाल मिलन केन्द्रमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसले युवा पुस्ताको आवाजलाई आत्मसाथ गर्न विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको बताएका हुन्। गत भदौ २३ र २४ गतेको आन्दोलन युवा पुस्ताको आन्दोलन भएका समेत महामन्त्री पौडेलको भनाइ रहेको थियो ।

 

महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुन नहुने समेत बताए । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको पनि पौडेलले जानकारी गराए । पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहका महामन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारलाई गम्भीर बन्न आग्रह पनि गरे ।  

पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य बिमालाई उच्च प्राथमिकता दिएको स्मरण गर्दै हाल केही स्थानमा बिमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार