विराटनगर । सुनसरीमा विशेष सूचनाका आधारमा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
शनिबार साँझ करिब ५ बजेर ३० मिनेट जाँदा ईनरुवा नगरपालिका–४ बसचोक नजिक अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले लौकहीबाट झुम्का जाँदै गरेको बा.४६ प.८४०२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो।
सो क्रममा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्र ब. गुरुङको साथबाट १६.३५ ग्राम (सोह्र ग्राम तीन सय पचास मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। गुरुङले प्रयोग गरिरहेको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका गुरुङलाई बरामद गरिएको ब्राउन सुगर र मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया